जनै फेर्न र डाेराे बाँध्न पशुपतिमा युवापुस्ता बढी

अनिता धिताल

साउन १९, हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका अवसरमा पशुपतिमा मेला लाग्ने गरेकाे छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । वैदिक सनातन धर्मावलम्बीहरु पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँध्छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षासूत्रको धारण गरेमा नकारात्मक तत्वबाट आफनो सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ। जनै फेर्न र डाेराे बाँध्न अाज बिहानैदेखि पशुपति मन्दिर परिसरमा भक्तजनकाे भिड लागेकाे थियाे । तर विगतमा जस्ताे उल्लेख्य भिड थिएन । तर यसवर्ष युवापुस्ताकाे बढी देखिए । यो वर्ष पशुपतिनाथ परिसरमा रक्षाबन्धन र नयाँ जनै फेर्नका लागी युवा पुस्ताहरुको बढी भिड देखिएकाे हाे । कागेश्वरी खबरले पशुपतिमा भेटिएका केही युवासँग लिएकाे धारणा

विरेन्द्र कंडेल

काठमाडौं गंगबुबाट आएका २५ वर्षका विरेन्द्र कंडेल भन्नुहुन्छ, सनातन धर्मदेखि चलिआएको परम्परा भएकाले जगेर्ना गर्नुपर्छ । यस दिन रक्षाबन्दन र नयाँ जनैँ फेर्न भक्तजनहरु पशुपतिनाथ आउँदा राम्रो हुने भएकाले कोरोना महामारीको समयमा पनि भिडभाड नै देखिन्छ । रक्षाबन्धन जिवन रक्षाको लागि बाँध्ने र गाई तिहारे औंसिको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । कोरोना महामारीको कारण यो वर्ष पशुपतिनाथको चारैतिरको ढोका बन्द भएकाले राम्रोसगं दर्शन गर्न भने पाइएन ।

माधव अधिकारी

भक्तपुरकाे ठिमिबाट आएका ३२ वर्षका माधव अधिकारी पनि कंडेलकाे भनाइमा सहमत हुनुहुन्छ । उहाँले कोरोना महामारी भए पनि सामाजिक दूरी कायम गरि आफ्नो सुरक्षा आफै गरेर दर्शन गरेकाे बताउनुभयाे ।

सन्देश सापकाेटा

ललितपुरकाे चापागाँउबाट पशुपतिमा आउनुभएका १५ वर्षका सन्देश सापकोटाका अनुसार अघिल्लो वर्ष भन्दा यसपाली भिड कम भएपनि कोरोना महामारीको बेलामा याे भिड नै देखिएकाे छ । उहाँल यो वर्ष पशुपतिनाथ मन्दिरमा रक्षाबन्धन र जनै फेर्नका लागि युवा पुस्ताहरुको बढि भिडभाड देखिएकाे बताउनुभयाे । पाकापुस्ताकाे चहलपहल कम भएपनि केहिसँग हामिले प्रतिकृया लिएका छाै ।

विजयचोक देखि आउनुभएका ६४ वर्षका पुण्यप्रसाद बरालका अनुसार जनै पूर्णिमा विशेष गरेर ब्राह्मण र क्षेत्रीले मनाउने गर्छन् । जनैकाे महत्त्व छ । गौरिघाटबाट आउनुभएका ६१ वर्षका मुकुन्दप्रसाद अधिकारी भन्नुहुन्छ, कोरोना महामारीको समयमा पनि भक्तजनहरुको चहलपहल देखिएकाे छ । धार्मिक आस्थाका कारण धार्मिक स्थलमा आउँदा केहि नहुने जनविश्वास रहेकोले पनि भिडभाड बढेकाे हुनसक्छ । यस पर्वमा जनै र रक्षबन्धनले जिवन रक्षा गर्दछ भन्ने धार्मिक आस्था छ ।