शङ्खरापुरकाे मणिचुडमा बेग्लै राैनक (फाेटाे फिचर)

बिनोद थापा

साउन १९, काठमाण्डाैकाे शङ्खरापुर नगरपालिका वडा नं ८ मा रहेकाे मणिचुड महादेव मन्दिरमा जनैपूर्णिमाकाे अवसरमा आज बेग्लै राैनक देखियाे । मणिचुडमा जनैपूर्णिमा, नयाँ वर्ष र फागुनमा विशेष चहलपहल हुने गर्छ । संस्कृतिविद् प्रकाशमान श्रेष्ठ साक्वका अनुसार आजभन्दा झण्डै ३३ सय वर्ष अगाडि देविकाे कुण्डल खसेर मणिचुणेश्वर महादेव उत्पत्ति भएकाे हाे ।

हरेक वर्षको जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनका दिन मेला लाग्ने मणिचुड तामाङ, नेवार, बाहुन, लामा तथा बौद्धमार्गीहरुको श्रद्धाको केन्द मानिन्छ । याे कुण्ड १ सय ८ कुण्ड मध्ये एक हाे ।