काठमाडौं , १५ साउन । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको र एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले बिहीबार जानकारी दिएको छ ।
विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको र हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । जसमा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको छ ।
सबैभन्दा बडि सङ्क्रमति रहेको उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ । भने सबैभन्दा कम ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने २१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जानकारी दिएको छ ।