जय कागेश्वरी महादेव ! हेर्नुस साउने सोमबारे औंशीको चहलपहल (फोटो फिचर)

फोटो बिनोद थापा
आज साउनको पहिलो सोमबार । सोमबारे औंशी मनाइदैछ । यो पर्व स्नान या दानका लागि शुभ मानिन्छ । आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा भक्तजनहरु धाउने गर्छन् । सोमवार र औंशीको संयोग कमै पर्ने गर्छ । वर्षभरिमा एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्छ । हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ छ । त्यसैले भगवान शिवको विशेष पूजा आराधना गरी वर्त गर्ने चलन छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण व्रर्तालुको शिवालयमा चहलपहल निक्कै कम छ । सरकारले लकडाउन गरेपछि सुनसान मठमन्दिर लकडाउन खुकुलो भएपनि दर्शनार्थीका लागि खोलिएको छैन । पशुपतिमा दर्शनका लागि मन्दिर खोलिएको छैन । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा कागेश्वरी महादेव मन्दिरमा केहि चहलपहल छ । यहि मन्दिरको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रुपमा महत्व दिदै आएको छ ।