गण्डकीमा कोराना संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौँं । गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका व्यक्तिहरु संक्रमण देखिएको छ । तनहुँमा ब्यास नगरपालिकाका एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् ।

यस्तै बागलुङको बडिगाड गाउँपालिकाका एक, गल्कोट नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या एक हजार नाघेको छ । उनीहरुमध्ये ४ जनाको मृत्यु भएको छ भने ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन ।

[sidebar name="button post"]