काठमाडौ । बिहीबार रातीदेखि आएको बर्षाले गर्दा विभिन्न राजमार्ग अवरुद्ध बनेका छन । पहिरोका कारण बनेपा–बर्दिबास बीपी राजमार्ग अबरुद्ध बनेको छ । बिपी राजमार्गको सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अबरुद्ध बन्दा काठमाडौँबाट महोत्तरी जाने र तराईका जिल्लाबाट काठमाडौँ आउने यात्रु बीचबाटोमै यात्रु अलपत्र परेका छन ।
यस्तै कर्णाली राजमार्ग, बेनी–जोमसोम, काठमाडौं–मकवानपुर सडक पनि अबरद्ध भएका छन । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । अस्तिदेखि परिरहेको पानीका कारण अरु सडक पनि अबरुद्ध बनेका छन । जसले गर्दा बर्षायाममा जोखिम मोलेर हिडेका यात्रु बीच बाटोमै अलपत्र पर्दा सास्ती झेलिरहेका छन ।