म्याग्दी पहिरोमा १२ जनाको शव भेटियो, तर उद्धारमा समस्या

काठमामाडौँ । म्याग्दीमा बिहीबार राती गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन । तीन दिनअघि गएको पहिरोमा पुरिएकाको खोजी चलिरहदा शनिबार बिहान ११ जनाको शब भेटिएको हो । शुक्रबार भने एक जनाको शब भेटिसकेको थियो ।

मृत्यु हुनेहरु धवलागिरी गाउँपालिकाका माराङ र तकामका गरी ९ जना रहेका छन । यस्तै रघुगंगा गाउँपालिकाको एक जना रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार खराब मौसम र पानी परिरहेकाले उद्धारमा समस्या छ ।

शुक्रबार तीन पटक हेलिकोप्टर पठाउने प्रयास सफल हुन सकेको थिएन भने शनिबार पनि खराब मौसमकै कारण हेलिकोप्टर उड्न सकेको छैन । ठाउँ ठाउँमा पहिरो गएका कारण सडकमार्गबाट पनि उद्धार टोली घटनास्थल पुग्न सकेको छैन ।

पहिरोमा अझै कम्तीमा दुई दर्जन मानिस हराईरहेका स्थानीयहरुको भनाई छ ।

[sidebar name="button post"]