नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको छ। डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ  भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

[sidebar name="button post"]