कपनमा आगलागी हुँदा दाईको मृत्यु, बहिनी घाइते

२ मंसिर, काठमाडौँ । काठमाडौँको कपनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बालुवाखानी चोकमा रहेको नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको मृत्यु भएको छ । उनी बस्ने कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।

३९ बर्षीय कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । राति पौने १ बजेतिर आगलागी भएको हो ।

[sidebar name="button post"]