२ मंसिर, काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । नेवार समुदायको भाइटीका किजापूजाका लागि सरकारले आज देशभर सार्वजनिक विदा दिएको हो । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् ।
यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । धेरैजसोले भने सोमबार नै भाइटीका लगाएका छन् ।
भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।
दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
[sidebar name="button post"]









