सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का सांसद एबम पुर्ब कानुन मन्त्री मा.शेर बहादुर तामाङद्वारा करिब १ करोड २० लाख भन्दा बढिको खानेपानीको पाईप हस्तान्तरण गर्नु भएको छ । उहांको निर्बाचन क्षेत्रमा सन्चालित ४९ वटा योजनाहरु मध्ये २६ वटा खानेपानी योजनाहरुको लागि आज पाईप हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ ,मेलम्चि नगरपालिका मेयर डम्बर अर्याल ,मेलम्चि खानेपानी बिकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा समेतको उपस्थिति रहेको उक्त योजनाहरुको समन्वय गरि रहनु भएका माननीय तामाङका स्वकिय सचिब निर्मल बन्जाराले बताउनु भयो ।
उक्त हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुसंग अन्तर्कृया गर्दै पुर्ब मन्त्री तामाङले राज्यद्वारा प्रदान गरिएका सेवा सुबिधाहरुको उच्चतम सदुपयोग गर्नका लागि उपभोक्ताहरुलाई अनुरोध समेत गर्नु भयो ।
खानेपानी मन्त्रालयको बिशेश योजना अन्तरगत मेलम्चि खानेपानी प्रभाबित क्षेत्रहरुमा गत बर्षदेखि बिभिन्न योजनाहरु सन्चालित छन ,जस अन्तरगत खरिद गरिएका खानेपानीका पाईपहरु हिजो उपभोक्ता समितिहरुका पदाधिकारीहरुलाई हसतान्तरन गर्नु भएको हो ।
सिन्धुपाल्चोक जिल्लालाई सन २०२२ सम्ममा गुणस्तरीय खानेपानी युक्त बनाउने माननीय तामाङको विशेष योजना अन्तरगत उहांको निर्बाचन क्षेत्रमा मात्र यस आ.ब.मा करिब ८० वटा आयोजनाहरुमा खानेपानी मन्त्रालयबाट रकम बिनियोजन गरिदिनु भएकोमा मन्त्रालयप्रति पुर्ब मन्त्री तामाङले हार्दिक आभार समेत प्रकट समेत गर्नु भएको छ ।









