६ असोज, काठमाडौं। वागमति प्रदेशका भौतिक, पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले काठ चक्रपथको सम्भाव्यताको अनुगमन गर्नु भएको छ ।
उपत्यकाका काठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने मन्त्री फुयालको सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब चांडै नै निरन्तरता पाउने भएको छ । काठ चक्रपथ अन्तर्गत पर्ने तार्केश्वर नगरपालिकाको वडा नं. १ र २ का साथै टोखा नगरपालिकामा पर्ने मालुङ, साङला र जितपूर क्षेत्रको अनुगम गर्नु भएको हो ।

अनुगमको क्रममा तार्केश्वर र टोखा नगरपालिकाका मेयरहरुलाई आफ्नो क्षेत्रमा पर्ने सडक खण्डको निर्माण गर्नका लागि आर्थिक लागाएत अन्य सहयोग जुटाउन सहज वातावरण निर्माणको लागि मन्त्री फुयालले आग्रह गर्नुभयो भने वाग्मति प्रदेश सरकारले आयोजना सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता पनि गर्नुभयो । उहा भन्नुहुन्छ “ यो चक्रपथले काठ क्षेत्रको संस्कृति ,भाषा र आपसि सम्वन्ध बिस्तारमा सहयोग गर्नुका साथै पर्यटन प्रवर्दनमा पनि सहयोग पुर्याउने छ ।”

चक्रपथ निर्माणका साथसाथै जितपूरमा पर्ने जितपूर गढीका साथै उपत्यका भित्र रहेका सम्पूर्ण गढी हरुको संरक्षण र प्रवर्दन गरि काठ क्षेत्रका नागरिकहरुको आर्थिक अवस्था सुधारमा सहयोग पुर्याउने पनि मन्त्री फुयालले बताउनुभयो ।











