काठमाण्डौ र भक्तपुरका गरी ५ उद्योगको स्यानिटाइजर प्रयोगमा रोक

मापदण्ड पुरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधी व्यवस्था विभागले आग्रह गरेको छ । विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइटर बिक्रीमा रोक समेत लगाएको छ ।

अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन मिसाइएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाण्डौका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड सेनिटाइटर, काठमाण्डौका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

[sidebar name="button post"]