३१ साउन, काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ ।
वडामा सङ्क्रमण बढ्दै गएकाले २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।
[sidebar name="button post"]









