३१ साउन, काठमाडौं । गएराती भएको च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखले स्पानिस महारथी बार्सिलोनालाइ ८- २ गोल अन्तरको लज्जास्पद हार दिलाएपछि स्पानिस क्लब बार्सिलोनाका अध्यक्षले टिममा अब परिवर्तन गर्नुपर्ने संकेत गरेका छन् ।

ला लिगाको उपाधि रक्षा गर्न नसक्नुु, च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लज्जास्पत हार व्यहोर्नु र यो सिजनमा उपाधि विहीन हुनुपरेपछि क्लबमा धरै परिवर्तन गर्नुपर्ने उनले संकेत गरेका छन् ।
बार्तामेउले निर्णयहरु खुलाउन भने चाहेनन् ‘म के निर्णय भएको छ भन्नेबारे भन्न चाहन्नँ किनकी तिनीहरूमध्ये केही निर्णय भइसकेका छन् र अरू पनि हुनेछन्,’ उनले भने, ‘आज प्रतिबिम्बित गर्ने दिन हो । भोलिदेखि, हामी सबै बार्सिलोना प्रशंसकहरूको हौसला बढाउने प्रयास गर्नेछौं र हामी अर्को हप्ताबाट निर्णय लिनेछौं ।’
मेसीमा धेरै निर्भर रहेको बार्सिलोना क्लवको लगातारको खरव प्रदर्शन पछि अब मेसीको धैर्य कतिसम्म टिक्न सक्छ भन्ने मुख्य विषय बनेको छ । ला लिगा, च्याम्पियन्स लिगा र कोपा डेल रे सबैमा खराब प्रदर्शन गर्दै यस सिजन उपाधि विहिन भएकाले क्लवमा परिवर्तनको आवश्यकता रहेको क्लबका अध्यक्ष बार्तामेउले संकेत गनेका हुन ।

लिओनल मेसीले हालैमात्र बार्सिलोना सङग सम्झौता नवीकरण नगर्ने हल्ला चलिरहदा क्लबका अध्यक्षले मेसी अझै बार्सिलोनामा रहने र उनले सम्झौता नवीकरण गर्ने बताएका थिए ।









