२० साउन, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको स्थानिय युवा विक्रम दोङ्गले जानकारी दिनुभयो ।
उनी यही साउन १९ गतेदेखि हराइरहेका थिए । दोङ्गका अनुसार लामा देवता पुजा गर्न जाँदा छहरे खट्कुले छाँगो बाट खसेका थिए । उनको शव आज छहरे खट्कुले छाँगोमा देखिएको दोङ्गले बताउनुभयोे । छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको उनको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन् ।