जनधनको क्षति प्रति पुर्ब मन्त्री तामाङद्धारा दुख ब्यक्त

अजय खत्री

२० साउन, काठमाडौं । पुर्ब मन्त्री एबम माननीय सांसद शेर बहादुर तामाङले वर्तमान अवश्थामा सिन्धुपाल्चोकले भोगिरहेको वर्षा पछिको बाढि पहिरो र त्यसले पुराएको क्षति प्रति दुख ब्यक्त गर्नुहुदै बिज्ञप्ति जारी गर्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद एबम पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले हालै आफ्नो निर्बाचन क्षेत्रको मेलम्ची र बरुवामा गएको पहिरोबाट मृत्यु भएका ब्यक्तिहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुहुदै अबका दिनमा हामिले बस्ती निर्माण गर्दा प्राकृितक संरचनालाइ अध्ययन गरेर मात्र बस्ती बसाउनु पर्नेमा आह्वान गर्नुभएको छ।

सिन्धुपाल्चोक जिल्लाको कुनैपनि क्षेत्रमा पर्ने प्राकृतिक विपदमा आफ्नो उपस्थीतिमा जिल्लाबासिलाइ सहयोग पुराउदै आउनुभएको तामाङ हिजो मेलम्चीमा गएको पहिरोमा पनि तत्कालै आफ्नो उपस्थीति जनाएर पहिरोमा पुरिएकाको खोजि र वरुवा लगाएत अन्य क्षेत्रमा गएको पहिरोबाट पुरिएकाको उद्दारमा सहयोग गर्न समेत तामाङले आवान गर्नुभएको उहाँका स्वकीय सचिब निर्मल बन्जाराले बताउनुभयो ।

तामाङले बिज्ञप्तिमा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो निर्बाचन क्षेत्रका लांगर्चे ,तिपेनी, बरुवा लगायतका स्थानहरुमा गएको पहिरो लगायत ,जिल्ला र देशका विभिन्न भागहरुमा अबिरल बर्षाका कारण आएको बाढी,पहिरोबाट भएको जनधनको क्षतीप्रती दुःख समेत ब्यक्त गर्नुभएको छ ।