एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाभाइरस संक्रमण रोकथामका लागि विराटनगर – मोरङको रंगेली नगरपालिकाका विभिन्न वडामा तीनदिन बन्दको आव्हान गरेको छ।

नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पूर्ण रुपमा सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।केहीदिन अघि मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका बृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको उँहाले बताउनुभयो ।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै सबैको स्वाब नमूना संकलन कार्य भइरहेको उँहाको भनाई छ।नगरपालिकाका अनुसार करिब १ महिनाअघि मृतकका छोरी दिल्लीबाट आउनु भएको थियो। दिल्लीबाट आउने क्रममा उँहालाई विराटनगर वडा नम्बर १० बाट होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको नगरपालिकाले बताएको छ।

सोही वडाको सिफारिसको आधारमा उनी रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो।नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसांग खोला, उत्तरमा निचामारी वक्राह खोला पुल, र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो।

रंगेली अस्पतालको आकश्मिक सेवाबाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ।