भ्रष्टाचारप्रति शून्य सहनशीलता ; मन्त्री फुयाँल

साउन १४ , काठमाडौं । प्रदेश सरकारले आत्मसात् गरेको भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने नीतिलाई व्यवहारमा उतार्न कर्मचारीहरुलाई वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारको प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने ध्ययअनुरुप काम गरी मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानमा साथ दिन समेत उहाँले कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु तथा मन्त्रालय मातहतका प्रदेशका सबै कार्यालयका प्रमुखलाई बजेटको कार्यान्वयनमा विशेष ध्यान दिन र भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर यातायात व्यवस्थापनको क्षेत्रमा समेत जनतालाई अनुभूति हुनेगरी परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय , हेटौँडामा आयोजित समीक्षा कार्यक्रमा मन्त्री फुयाँलले ध्यानाकर्षण गराउनुभयो ।