सिपिएलका लागि सन्दीप जाने तय

साउन १४ , काठमाडौं । क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्न नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जाने तय भएको छ ।

सन्दीपका व्यवस्थापक रमन सिवाकोटीका अनुसार सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि उनि कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जान लागेका हुन यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । टोबागो पुगिसकेपछि १४ दिन सन्दिप क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सन्दीपलाई जमैका तल्लावाहजले एक लाख ३० हजार अमेरिकी डलर रु एक करोड छपन्न लाखमा अनुबन्ध गरेको हो । यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका उनलाई उक्त टिमले मार्की खेलाडीमा राखेको थियो । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म संचालन हुनेछ ।