बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिमा वाईबा

 

अजय खत्री

साउन १० , काठमाडौं । बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको बागमती प्रदेशबाट बोर्ड सदस्यमा शिशिर वाईबा ५ बर्षको लागि नियुक्त हुनु भएको छ ।

पांचपोखरी थाङपाल गाउंपालिका वडा नं ६ निबासी वाईबा पांचपोखरी थाङपाल गाउंपालिकाका ईमान्दार , सादगी व्यक्तिका रुपमा चिनिने उनि नेकपा पांचपोखरी थाङपाल गाउंपालिको कमिटि अध्यक्ष समेत हुन ।

नेपाल सरकारका पुर्ब मन्त्री एबम सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का माननिय शेर बहादुर तामाङको सिफारिसमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट गत २०७७ साउन २ गते वाईबाको नियुक्ती भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य एबम पालिका कमिटी सह इन्चार्ज निर्मल बन्जाराले बताउनुभयो ।

यस समितिले देश बिदेशमा बौद्ध धर्मको प्रबर्द्धन ,सम्बर्द्धन र देशभरी रहेका गुम्बाहरुको निर्माण, मर्मत सम्भार लगायतका कार्यमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको छ ।

नब नियुक्त समिती सदस्य वाईबाले माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री , माननीय पुर्बमन्त्री शेर बहादुर तामाङ , संस्कृति ,समन्वयकारी भुमिका निर्बाह गर्नु हुने संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिब रुद्र सिंह तामाङ , माननीयमन्त्रीका स्वीकय सचिब लगायत नेकपा सिन्धुपाल्चोक जिल्लाका अग्रज नेतागण , पालिका कमिटिका सहपाठिहरु लगयत सम्पुर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।