सरकारी कम्पनीका खाद्यवस्तुमा आजबाट छुट, सामग्री खरिद गर्दा सम्पर्क नम्बरसहित परिचय खुल्ने कागजात देखाउनुपर्ने

काठमाण्डाै – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका सामग्री किन्दा आजदेखि २० प्रतिशत छुट पाइने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।

खाद्य व्यवस्था कम्पनीले काठमाण्डौमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री केन्द्रमा गएर छुटसहितको सामग्री किन्न सकिने छ ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कम्पनीका सामग्री खरिद गर्दा सम्पर्क नम्बरसहित परिचय खुल्ने कागजात देखाउनुपर्नेछ ।