काठमाण्डाै – नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइपुगेको छ ।
नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको र एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै मनसुनी प्रणाली नेपालमा आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ ।
सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ ।
[sidebar name="button post"]











