बिस्केट जात्रा सञ्चालन गर्न दिइने

२५ चैत्र, काठमाण्डौ। भक्तपुर नगरपालिकाले बिस्का (बिस्केट जात्रा) सञ्चालन गर्न दिने भएको छ । नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।

कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको हो । त्यस्तै भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको र यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताएका छन् ।

नगरपालिकाले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ।एम र सामाजिक सञ्जालमार्फत गर्ने बताएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो।

[sidebar name="button post"]