२५ चैत्र, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]









