२५ चैत्र, काठमाण्डौ। सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का (बिस्केट) जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्कास् जात्रा गर्नमा रोक लगाएसंगै सर्वोच्चमा रिट परेको थियो ।
प्रशासनको निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले सर्वोच्चमा रिट हालेका थिए । बुधबार उक्त रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।
त्यस्तै भक्तपुर नगरपालिकाले भने सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो। बिस्का जात्रा चैत २८ बाट हुँदैछ।
[sidebar name="button post"]









