सडकमा नेपाल स्काउटका स्वयंसेवक, टेर्दैनन् पैदल यात्रु, सम्झाउँदा उल्टै गाली

यमुना सापकोटा

२२ चैत्र, काठमाण्डौ। ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ ।

स्वयंसेवकहरुले पैदलयात्री तथा सवारी चालकहरुलाई ट्राफिकसम्बन्धि जनचेतना फैलाउने र ट्राफिक व्यवस्थापनमा सहजता आउने भएकाले नेपाल स्काउटका स्वयंसेवकहरु परिचालन गरिएको हो । तर नागरिकको सुरक्षाका लागि बाटोमा उभिएका स्काउटका स्वयंसेवकहरुलाई पैदल यात्रुले टेर्दैनन्। सुरु सुरुमा कुरा नसुन्ने पैदल यात्रुहरुले अहिले भने केहि कुरा सुन्न र मान्न थालेका छन्। हामीले चाबहिल चोकमा खटिनु भएका नेपाल स्काउट्सका केहि स्वयंसेवकहरुसंग कुरा गरेका छौँ।

चाबहिल सडकमा पैदल यात्रुलाईलाई सम्झाउँदै गर्नु भएकि नेपाल स्काउटकि २० बर्षिय अञ्जली बस्नेत रेञ्जर लिडर हुनुहुन्छ। उहाँ भन्नुहुन्छ,’ सुरु सुरुमा कसैले पनि टेर्दैनन थिए। तर अहिलले चाहिं हामीलाई देख्ने बित्तिकै बिचबाटै जाने व्यक्तिहरु पनि जेब्रा क्रसिंग अथवा आकाशे पुलको प्रयोग गर्ने गर्नुहुन्छ। ८० प्रतिशतले हामीले भनेको मान्नु हुन्छ तर २० प्रतिशतले अझै मान्नु हुन्न। कोहि कोहिले त हामीलाई गाली गरेर पनि जानु हुन्छ।”

उहाँहरुलाई सम्झाउन एकदमै गाह्रो हुन्छ। कसै कसैले त मुख पनि छोड्ने गर्नु अझ झन् कोहि त हामीलाई हात नै हाल्न खोज्ने समेत गर्नुहुन्छ। त्यहि पनि हामी सकेसम्म सम्झाउने कोसिस गर्छु। पहिला पहिला त हामी पनि यस्तो नियमहरु पालना गर्दैन थियौँ जहाँ पायो त्यहींबाट बाटो काट्ने गर्थौँ। जसले गर्दा ट्राफिकहरुलाई सार्है गाह्रो हुने रहेछ भन्ने महसुस गरेको छु।

ट्राफिकहरु मात्र हुँदा त १/२ जना मात्र हुनुहुन्थ्यो जस्ले गर्दा काम गर्न गार्है हुन्थ्यो तर अहिले हामी भएर धेरै सजिलो भएको छ। हामीले मानिसहरुलाई सकेसम्म जेब्रा क्रसिंग र आकाशे पुलको नै प्रयोग गर्दिनुहोस् भनेर आग्रह गरेका छौँ। यसरी यहाँ सेवा दिन पाउँदा खुशी लाग्छ।

त्यस्तै प्राय धेरै मानिसहरुले हामीले भनेको मानिदिनु हुन्छ भन्नुहुन्छ २० बर्षिय नेपाल स्काउटकि सदस्य प्रतिक्षा नेगि । अझै कमै हुनुहुन्छ जो हामीले भनेको मान्नु हुँदैन। त्यसैले काम गर्न धेरै सहज भएको छ । हामीले भनेको नमान्ने मानिसहरुलाई चाहिँ सम्झाउन अलिक गाह्रो हुन्छ । त्यही पनि हामी उहाँहरुलाई सम्झाउन कोसिस गरि नै रहन्छौ । सबैभन्दा धेरै गाह्रो हुने भनेको धुलोबाट हो तर मास्कको प्रयोग गर्ने गरेको छौँ त्यसैले त्यति गाह्रो भएको छैन ।

सुरुमा हेर्दा यो ट्राफिकको काम कति सजिलो जस्तो लाग्थ्यो तर अहिले आफैंले यहाँ आएर काम गर्दा ट्राफिकहरुलाई धेरै कुरामा गाह्रो हुँदो रहेछ भन्ने महसुस भएको छ । जस्तै अब कतिपय यात्रुहरुले नटेरिकन जहाँ पायो त्यहाँबाट बाटो काटी दिनुहुन्छ । हामी आएसंगै धेरै कुरामा परिवर्तन आएको छ ।

मानिसहरुले जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग गर्दिनुहुन्छ । कतिपय बाटो काट्न नआउने मानिसहरुको लागि पनि सहज भएको छ । हामी त एउटा निश्चित समयको लागि आएका छौँ तर यदि मानिसहरुले ट्राफिक नियम राम्रोसंग पालना गरिदिनु भयो भने ट्राफिक प्रहरीहरुलाई पनि धेरै सहज हुने उहाँ बताउनु हुन्छ ।

त्यसैगरी १७ बर्षिय रेञ्जर चाँदनी हमाल भन्नुहुन्छ,’अब बुझ्नेहरुले त सजिलै मान्नु हुन्छ तर नबुझ्नेहरुलाई चाँही सम्झाउनु पर्छ। कतिपयले त नटेरी नै जानु हुन्छ। उहाँहरुलाई सम्झाउने क्रममा कतिले त गालि पनि गर्नुहुन्छ। हामी उहाँहरु कै सेवाको लागि भनेर आएका छौं तर पनि उहाँहरुबाटै गालि खाइरहेका पनि हुन्छौँ।

कतिपय यात्रुहरुले नटेर्दा चाँही ट्राफिकहरुलाई निकै गाह्रो हुन्छ जस्तो महसुस भयो। यात्रुहरुलाई नियममा राख्नका लागि अहिले हामीहरु आइकन ट्राफिक प्रहरीहरुलाई धेरै सहज भएको छ। हामी यहाँ सेवा प्रदान गर्न आएका छौं। यसरी यात्रुहरुलाई सेवा प्रदान गर्दा एकदमै खुशी लागेको छ।

[sidebar name="button post"]