हामी सबैको घरमा फिटकिरीको प्रयोग पक्कै भएको छ । तर तपाईंलाई थाहा छ ? घरको वास्तु दोष हटाउनका लागि फिटकिरीको प्रयोग गरिन्छ ?
फिटकिरीलाई सही दिशा वा सही स्थानमा राख्ने हो भने यसले वास्तु दोष हटाउने काम गर्छ साथै आर्थिक समस्या पनि केही हदसम्म ठिक हुन्छ । यदि घरको झ्याल वा ढोका नजिकै तपाईं फिटकिरी राख्नुहुन्छ भने तपाईंको घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।
एउटा कालो कपडामा फिटकिरी बाँधेर राख्नुहोस् । यसलाई यसरी राख्नुहोस् कि घरमा आउने कुनै पनि व्यक्तिको नजर यसमाथि नपरोस् । यस्तो गर्दा घरमा कहिले पनि धनको कमी हुँदैन । एउटा कचौरामा फिटकिरी राखेर बाथरुममा राख्नुहोस् ।
हरेक महिना यो परिवर्तन गर्नुहोस् । बाथरुमबाट पनि दूषित पदार्थ निस्कने भएकोले फिटकिरीले यहाँको ऊर्जा पनि शुद्ध गराउने मान्यता राखिन्छ ।
तपाईंको घर वरिपरि भग्नावशेष भइसकेको घर छ भने तपाईं आफ्नो घरको ढोका नजिकै फिटकिरी पक्कै पनि राख्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, यदि घरको वरिपरी चिहान छ भने पनि फिटकिरीको प्रयोग गर्नुहोस् ।








