घरमा टुटेफुटेका सामान छ ? याद गर्नुहोस् घरमा अशान्ति हुन सक्छ

बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकट आउने अनि पारिवारमा खटपट हुने र सधैँ असफल हुने कारण पनि बन्न सक्छ । त्यसैले घर भित्र सामान राख्दा कुन ठाउँमा कुन सामान कसरी राख्नी भनि कुरामा ध्यान दिन पर्छ।

राम्रो सामान मात्र हैन टुटेफुटेका सामान राख्दा पनि धेरै कुरामा ख्याल राख्नुपर्छ। अनावश्यक टुटेका फुटेका सामान मानसिक तनाबको कारण पनि बन्ने गर्छ । यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन । यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ ।

घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसबाट घरमा नकारात्मक उर्जा गर्छ । घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारको बीचमा मतभेद पैदा हुन्छ ।भान्सा कोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।

फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो । यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ । बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ । साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ ।

[sidebar name="button post"]