ऐतिहासिक उपलब्धि गुम्ने खतरा : सडकमा देखिन थाल्यो सिनारियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुनै पनि अवस्थालाई प्रयोग गरि गुटगत बहुमत भएको बेला जसरी पनि नेतृत्वमा रहनै पर्ने,हुनै पर्ने राजनितिक संस्कार भएकै कारण दम्भ ओलीमा होइन प्रचण्डमा देखिन्छ र इतिहासले पनि त्यहि देखाउँछ।

वि सं २०४३ को सेक्टर काण्ड(किरण,गौरब) देखि २०६१ को बाबुराम काण्ड सम्म आइपुग्दा धेरै समकालीन, फरक मत राख्ने र स्थापित नेतृत्वमाथी प्रहार गर्ने यद्द्पी दुई चार जनाको झुण्ड लिएर भएपनी आफू सर्वमान्य हुनै पर्ने मानसिकताको प्रत्यक्ष असरले नेकपामा यो अवस्था सृजना भएको स्पस्ट छ।

जो कोहिलाइ बुझ्न गाह्रो न होला ,पद र सत्ता लिप्साका कारण साम्राज्यवादका सामु शिर झुकाउदै एतिहासिक जनयुद्ध पार्टि भएर हुर्कन न पाउँदै आन्दोलनको अवस्थामै तुहाइ सिंगो माओवादलाई भड्खाल्नोमा हालेर दोस्रो रायमाझी बनेको स्वभिमानि नेपाली जनताले न बुझेका सम्झनु मुर्खाइ बाहेक केही हुन सक्दैन ।

नीति सिद्धान्त बिधान पद्द्ती नै आफै रहि ३० बर्ष सम्म एकाधिकार मानसिकतामा रहेको ब्यक्ति आज पार्टी प्रणालीअनुसार चल्नु पर्ने भएकोमा यो दुराग्रह अवस्थामा पुगेको र पार्टी पद्धतिप्रती हमला गर्न दुई पाँच म्याद गुज्रिएको औषधि जस्ता नेताहरुलाइ बराली, विधि, पद्धति, सिद्दान्त, कार्यकर्ता र जनताबाट स्थापित नेतृत्व प्रती संक्रमणको साहारामा आक्रमण गर्ने व्यक्तिलाई नेता मान्न सकिन्छ ? सकिन्छ आम कार्यकर्ताबाट चुनिएर आउने नेतृत्वलाई , जनताबाट निर्वाचित भएर आउने सरकारलाई, कार्यकर्ता र जनताबाट भाग्नेलाइ कम्युनिस्ट भन्न सकिन्छ ? गणतन्त्रको पक्षपाती भन्न सकिन्छ ? निष्चय पनि सकिन्न ।

बिश्व कम्युनिस्ट आन्दोलन, रुसि समाजवादको अवधारणा र सोभियत संघको बिघटनको गहिरो अध्यन र अनुसन्धानबाट जन्मिएको जनताको बहुदलीय जनवाद जस्तो समाजवादको सुन्दर पक्षप्रती आक्रमण गरि नाम मात्रको नौलो जनवाद्को पक्ष पोषणको असफल प्रयास किन ? किनकि उहाँले नेतृत्व गरेको जनयुद्ध एउटा बिकासे प्रोजेक्ट थियो, प्राय:प्रोजेक्टहरु दाताको सहयोग र इसारामा चलेको हुन्छ ।

अत:प्रोजेक्टको सम्झौता सकियो अनि सबै सकियो र अहिलेको भाड भैलो प्रोजेक्ट नबिकरण गर्न सकिन्छ कि भनेर हो भन्दा गलत न होला। तर यस्तो प्रवृत्तिले निम्ताउने खतरा भने लोकतान्त्रिक उपलब्धिहरु प्रती नै रहन्छ सिनारियोहरु सडकमा देखा पर्दैछ्न, बेलैमा सचेत रहि एकीकृत हुनुको बिकल्प छैन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •