आजभोलीका घटनाहरुलाई नजिकबाट नियालेर हेर्दा छोरी जन्माउन डराउँछन

समिता श्रेष्ठ

आजभोलीका घटनाहरुलाई नजिकबाट नियालेर हेर्दा छोरी जन्माउन डराउँछन् । छोरी जसलाई लक्ष्मिको रुपमा हेर्ने गरिन्छ । सरस्वती रुपमा पुज्ने गरिन्छ । हो त्यही छोरी जन्माउन पनि डर लाग्ने भएको छ । कारण दिनानुदिन बढीरहेको बलात्कार,हत्याहिंसा र एसिडको घटना नै हो ।

बाहिर खेलिरहेको ५ बर्षकि सानी छोरी छिमेकी अङ्कलबाट योन शोषणमा पर्छिन । स्कुल पढ्ने भएकी ठुली छोरीलाई एसिड प्रहार हुन्छ । अनि बिवाहित छोरी माथी दाइजोको निहुँमा हत्या गरिदिन्छ । हो यी अनि यस्तै कारण आज छोरी जन्मिन्छ कि भनेर डर लाग्छ। आज सुरक्षित महसुस गर्ने छोरी भोलि मरिन्छ कि बाचिन्छ ठेगान छैन । निर्मला ,सम्झना अनि अरु बलात्कार गरिएर मारिएका छोरीहरुको ठाउँमा भोलि तपाईं पनि पर्न सक्नु हुन्छ अनि म पनि पर्न सक्छु ।

यो यहि कुराले गर्ववति महिलालाई छोरी हुन्छ कि भन्नेर डर लाग्दछ । यहि कुराहरुले आफ्नो पसिना बेचेर हुर्काएकी छोरीलाई केही होला कि भनेर बाबालाई डर लाग्छ । कसैले बलात्कार गर्छ कि अनि खोलाको किनारमा लगेर फाल्ने हो कि ? केही सानो कुरामै एसिड प्रहार हुन्छ कि? दाईजोको निहिँमा नै सिलौटाले हानेर वा आगोमा जिउँदै जलाएर मारिन्छ कि? मनमा डर पैदा हुन्छ ।

मेरो छोरी भयो भने यस्तै केही हुने पो होकि भनेर र भोलि पल्ट खैला बैला हुन्छ, लास भेटिन्छ।पत्रिका अनि केही मिडियालाई हेडलाईन मिल्छ ।आमा बुबा न्यायको लागि भौतारिनु हुन्छ। केही हप्ता केही दिन पछि आमा बुबाले न्यायको आस मार्नुहुन्छ। मिडियाले हेडलाईन राख्न छोड्छ।अनि बस सकिन्छ एउटा छोरीको जीवन कथा ।

आखिर छोरी चेलि कहाँ सुरक्षित छन् ??? घर,बिद्यालय,अफिस,बस ???? आखिर छोरी चेलि कोसगँ सुरक्षित छन् ??? बुबा,दाइ,भाई,शिक्षक,अफिसको हाकिम ??? तपाईंलाई थाहा छ ?? छोरी चेलि कहाँ सुरक्षित छन् ?? सुरक्षित भन्ने शब्द त छोरी चेलिको लागि नै होइन भन्ने भैसक्यो। जब सम्म देशमा कडा कानुन बन्दैन तब सम्म हामिले छोरीहरु गुमाउनेछौँ त्यसैले डर लाग्छ मेरो छोरी हुन्छ कि भनेर । तर सबै पुरुष एउटै हुँदैनन् ।

महिला हिम्सां ,बलात्कार बिरुद्ध बोल्ने मैले धेरै दाजुभाइलाई देखेको छु।नारीको रक्षाको लागि सधैँ अगाडि उभिने नि दाजुभाइलाई भेटेको छु । छोरीको लागि न्यायका कलम चलाउनेलाई पनि भेटेको छु । तर पनि डर लाग्छ । यी राम्रा दाजुभाइको बिचमै त छन ती नराम्रा ब्यक्तिहरु पनि जसले न ७ महिने बालिकालाई देख्छ न ७० बर्षको बृद्दालाई नै देख्छ । आखिर यो डर कहिले सम्म हामी छोरीहरुले भोग्ने ? एउटा नारी कै काँखबाट जन्मिएर ।

नारी कै स्तनपान गरेर हुर्के पछि त्यही नारी छोरी माथी गिद्दे नजर लगाएर क्या माल रहेछ यार भन्नू कहिले छोड्ने ? यो प्रश्न ती ब्यक्तिहरु लाई जसले नारी लाई एउटा छोरीलाई खेलौना बाहेक केही सम्झिदैन। कसैको जिन्दगी बर्बाद गर्नु अघि एक चोटि घरमा भएका आफ्ना आमा , दिदिबहिनिलाई ,आफ्ना सन्तानलाई अनि तपाईहरुको मनले सायद भन्ने छ । यो गलत हो भनेर आफ्नो परिवारमा आफ्नो माया गर्नेलाई सम्झदा सायद कुविचार मनमा आउने छैन ।

छोरीलाई जन्माउनको लागि आमालाई डर लाग्ने न बनाउन है। के छोरी बिना सृष्टि चल्छ र ? चल्दैन नि है ? फेरि किन यो यस्तो वातावरण सृजना गर्दै छौ ? अब धेरै नै भयो । हो धेरै भयो । अब यो रोक्न तर्फ लाग्नुपर्छ । छोरी लाई पनि निडर भएर हिड्ने वातावरण ल्याउन पर्छ । अनि मात्रै डराउँदिनन आमा छोरी पाउनलाई अनि डराउँदैनन बाबा दु:ख गरेर छोरी हुर्काउनुलाई ।

[sidebar name="button post"]