सुवास न्याैपाने (प्रिथक)
प्रजातन्त्र आयो अरे मेरो देशमा
म अझैपनि विकासको विउ रोप्दै छु
बाटो हिलो सडक जाम यस्तै छ यहाँ
टिलिक्क जुत्ता खाडलमा टेक्दै छु।
प्रजातन्त्र आयो अरे मेरो देशमा ……..
लोकतन्त्र आयो अरे मेरो देशमा
म अझैपनि स्वाधिनताको नारा खोज्दै छु
लिम्पियाधुरा र लिपुलेकमा बाटो बन्दा यहाँ
म अझैपनि छुवाछुतको तमासा देख्दै छु
प्रजातन्त्र आयो अरे मेरो देशमा ……..
गणतन्त्र आयो अरे मेरो देशमा
म अझैपनि कोरोनाको त्रास खेप्दै छु
यस्ता कैयौं ठाउ र गाउँ अझै छन् यहाँ
म अझैपनि विरामी तन्नामा बोक्दै छु
प्रजातन्त्र आयो अरे मेरो देशमा……..
[sidebar name="button post"]









