Ad #144479

एजेन्सी । दिपिका पादुकोण एक प्रतिभाशाली अभिनेत्री हुन् । बलिउडमा दीपिकाले दर्जन बढी उत्कृष्ट चलचित्रमा अभिनय गरेका कारण पनि उनी प्रतिभाशाली अभिनेत्रीमा गनिएकी हुन् ।

सञ्जयलिला भन्सालीले बनाएको पद्मावत चलचित्र उनको करियरकै सबैभन्दा उत्कृष्ट चलचित्र हो । जुन चलचित्रबाट उनले बलिउडकै उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् ।

उनका प्रेमी तथा श्रीमान रणवीर सिंहका साथमा उनको अभिनय अब्बल दर्जाको छ । उनले यसबाहेक तमाशा, ओम शान्ति ओम, कार्तिक कलिग कलिंग लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।

ओम शान्ति ओमबाट बलिउडमा डेब्यु गरेकी दिपीका शुरुवातदेखि नै अभिनयमा जमेकी नायिका हुन् । उनी लामो समय रणवीर कपुरसँग प्रेम सम्बन्धमा थिइन् । रणवीरसँग ब्रेकअप भएपछि उनी रणवीरको प्रेममा परेकी थिइन् । जुन प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरिसकेकी छिन् ।

पछिल्लो समय दीपिका लागुऔषध मुद्दामा समेत मुछिइन् । सुशान्तसिंह राजपूतको आत्महत्याको अनुसन्धानका क्रममा दीपिका लागुऔषध मुद्दामा तानिएकी हुन् ।त्यसबाहेक दीपिका बलिउडमा फेशन शो का विभिन्न कार्यक्रममा समेत उत्कृष्ट मोडलका रुपमा प्रस्तुत हुन गरेकी छिन् ।