Ad #144479

२४ पुष, काठमाडौं । नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पार्टी छाडेर भागेका भगौडाहरुका कुरा नसुन्न आग्रह गरेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजना गरिएको जनसभामा ओलीले प्रचण्ड–माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरु संज्ञा दिएका हुन् । सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताएका छन् ।

सम्बोधनकै क्रममा ओलीले भनेका छन्, तपाईहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला ।

तपाईहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन । बैठकमा नआएर नेताहरु कहाँ गएछन्, भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले सम्बोधन क्रममा बताए ।