Ad #144479

२४ पुष, काठमाडौं । काठमाडौं उपत्यकामा ह्वात्तै बढेको वायु प्रदुषणको सुचकाङ्क क्रमशः घट्दै गएको छ । उपत्यकामा मंगलबार वायु प्रदूषण अहिलेसम्मकै उच्च भएपछि वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणलाई सचेत रहने आग्रह गरेको थियो ।

पुष २० गतेदेखि मौसममा आएको परिवर्तनले ह्वात्तै बढेको उपत्यकाको वायु प्रदूषण अहिले भने क्रमशः घट्दै गएको वातावरण विभागले जनाएको छ ।

मंगलबार उपत्यकाको वायुमण्डल अहिलेसम्मकै दुषित भएर वायु गुणस्तर सूचकाङ्कको तह ५०० पुगेको थियो । अहिले प्रदुषण सूचकाङ्क घट्दै गएपनि मौसम फेरवदल हुने देखिएकाले सचेत रहन विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।