२४ पुष, काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध गरेकाे छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म पुगेर विरोध जनाएका हुन् ।
उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ नै विभाजन भएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य दल र नागरिक समाजले विरोध जनाइरहेका छन् ।












