Ad #144479

२४ पुष, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।  प्रधानमन्त्री केपी  ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

‘१४ तारिख ‘माघ १’ परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, ओलीले सुदुरपश्चिमको विकासबारे सम्बोधन गर्ने क्रममा बताएका छन् ।