Ad #144479

२४ पुष, धनगढी । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली संसद विघटनको निर्णयपछि पहिलोपटक राजधानी काठमाडौंबाहिर गएका छन् । गत ५ पुषमा गरिएको संसद विघटनको निर्णयपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न पहिलोपटक कैलालीको धनगढीमा गएका हुन् ।

धनगढीमा आफ्नो समूहले शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन्, कतिपयले केपी ओलीले चुनाव गर्दैन पनि भनेको भन्दै माथि गए भने हैरान पार्छन्,त्यस्ता तच्वहरुलाई भोट नहाल्नुस् भनेका छन् ।

प्रतिनिधिसभाको चुनाव वैशाख १७ गते र वैशाख २७ गते नै भन्दै ओलीले चुनावको तयारीमा लाग्न ओलीले आग्रह गरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न समेत आग्रह गरेका छन् ।