Ad #144479

२४ पुष, काठमाडौं । प्रचण्ड-नेपाल पक्षका नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको श्रेष्ठको भनाइ छ। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको उनले बताए।

सर्वोच्चले संविधानअनुसार नै फैसला गर्ने विश्वास श्रेष्ठको छ। संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको उनको संकेत थियो। प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई के राजनितिक वाधा पर्‍यो भन्ने उनको प्रश्न थियो।