Ad #144479

एजेन्सी । ग्राहकलाई सन्तुष्ट पार्न रेस्टुरेन्ट वा होटलमा पानी सफा र स्वच्छ होस् भन्ने कुरामा विशेष ध्यान पुराइन्छ । तर सुन्दा अनौठो लाग्ला बेल्जियमको एउटा रेस्टुरेन्टमा पिउनका लागि ट्वाइलेटको पानी दिइन्छ ।

बेल्जियमको गस्त यक्स नामक रेस्टुरेन्टमा ट्वाइलेट सिंक तथा ढलसमेतको पानीलाई सुरुमा प्लान्ट फर्टिलाइजरमा सफा गरिन्छ । त्यसपछि वर्षाको पानी संग मिसाइन्छ र त्यसलाई पिउनका लागि लायक बनाउन वाटर प्यृरीफायर मा हालिन्छ ।

आउने ग्राहकलाई पिउनका लागि बेसिन वा टोइलेटको पानी दिइन्छ । यसका लागि रेस्टुरेन्टले एक नयाँ प्रशोधन प्रविधिको वाटर प्युरिफायर प्रयोगमा ल्याएको छ । रेस्टुरेन्टमा लगाएको वाटर प्युरिफायरले फोहर नालाको पानी समेत पिउन लायक बनाउँछ । साथै यस पानीमा मिनिरल्स समेत हुने बताइएको छ ।

यसरी शुद्धिकरण गरिएको पानीलाई पिउन मात्र नभएर आईस क्युब बनाउन ,बियर बनाउन तथा कफी बनाउन पनि प्रयोग गरिन्छ ।