आजका मुख्य समाचारमा
प्रचण्डको भारत भ्रमण राजनीतिक रुपमा जोडिएला त ?
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पत्नी सीताको उपचारका लागि भारतको मुम्बई उडेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रम पेचिलो छ, तर पत्नीको आग्रहमा उनी उपचारका लागि मुम्बई उडेका हुन् ।
ओलीले बालुवाटारमा कमेडी देखाईरहेको झाँक्रीको टिप्पणी
नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले कमेडी देखाईरहेको बताएकी छिन् । चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको बैठकलाई सम्बोधन गर्दै झाँक्रीले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।
मन्त्रिपरिषद विस्तार गर्नुको कारण सर्वोच्चले माग्याे जवाफ
संसद विघटन गरेपछि मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित आमा छोरा नियन्त्रणमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगर- का मुनादेवी राई र बद्रीहाङ राईलाई ९ एमएमको पेस्तोलको गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेशसभा पनि विघटन हुने सम्भावना कायमै छ : तुम्बाहाङ्फे
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताएकी छन् । आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् ।
हिउँले रोकिएका दुई जहाजले आज उडान भरे
हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए ।
ओलीका अभिव्यक्ति अश्लील भएको योगेशकाे टिप्पणी
सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति अश्लील भएको टिप्पणी गरेका छन् । सोमबार चितवनको भरतपुरमा आयोजित अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अशिष्टता प्रदर्शन गर्न थालेको बताएका हुन् ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।
चर्चामा फालेलुङकै मुवा झरना घुम्न दैनिक सयौँ पर्यटक
कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी ‘लकडाउन’ ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन् । गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले आम मानिसको दैनिकीमा नै परिवर्तन ल्यायो ।
आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल प्रहरीमा सरुवा र बढुवाको रन्को, शक्तिकेन्द्रको फेरो लगाउने क्रम तीव्र
नेपाल प्रहरीमा सरुवा र बढुवाको रन्को शुरु भएको छ । जिल्ला प्रमुखका रुपमा केही एसपीहरुको एक बर्षे अवधि पुगेकाले यसै साता सरुवा गर्ने तयारीमा प्रहरी मुख्यालय पुगेको छ भने एसएसपी र एसपीको बढुवा तयारी पनि भईरहेको छ ।
टोखाबाट चरिबाघको छालासहित एक जना पक्राउ
प्रहरीले काठमाडौंको टोखाबाट चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला ‘आखेटोपहार’सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बङ्गलादेशबाट खरीद गरिएको मल आउन किन ढिलाइ ?
बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच ‘जिटुजी’ मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन ।
नागढुंगाबाट स्रोत नखुलेको १ करोडसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौंको नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।
बूढीगण्डकी तर्ने क्रममा १२ वर्षीय बालक बेपत्ता !
चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।
बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी
कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताउनुभएको छ । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गर्नुभयो ।
भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी
भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।
कोरोना भाइरसका कारण बन्द रहेका सबै क्षेत्र अब खुल्ने
कोरोना भाइरसका कारण बन्द रहेका सबै क्षेत्र अब खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति सीसीएमसी निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।












