२० पुष, काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले कमेडी देखाईरहेको बताएकी छिन् । चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको बैठकलाई सम्बोधन गर्दै झाँक्रीले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।
साथै झाँक्रीले कमेडी मान्छेलाई देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष बनाउनु भूल भएको टिप्पणी गरिन् । जसको दोषी आफू भएको पनि उनको आरोप छ । ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि झाँक्रीले बताइन् ।
साथै उनले ओलीको हालत पूर्वराजा ज्ञानेन्द्रकै जस्तो हुने पनि बताएकी छिन् । अझै नसच्चिएको खण्डमा ओलीको हालत ज्ञानेन्द्रकै जस्तो हुने नेतृ झाँक्रीको भनाई छ ।
[sidebar name="button post"]









