Ad #144479

२० पुष, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कार आज बिहान ४ बजेतिर चेकजाँचका क्रममा ३ वटा झोलामा लुकाई ल्याएको सो रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।