ओली नेतृत्वको नेकपाले सातै प्रदेशमा नयाँ संयोजक तोक्याे

९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेशमा नयाँ संयोजक तोकेको छ । सत्तारुढ ओली पक्षको नेकपाले सातै प्रदेशमा आफ्नो गुटका पार्टी संयोजक तोकेको हो ।

ओली गुटको संयोजकमा पूर्व माओवादी नेताहरु पनि परेका छ्न । जसअनुसार पूर्व माओवादी समूहका लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी मणि थापालाई दिइएको छ ।

थापा र भट्ट पूर्व माओवादी समूहका नेताहरु हुन् । यस्तै लूम्बिनी प्रदेशमा शंकर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ संयोजक बनेका छन् । दुवै जना लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

यस्तै बागमती प्रदेशको संयोजकमा ईश्वर पोखरेल, प्रदेश २ को संयोजकमा सत्य नारायण मण्डल र प्रदेश १ को संयोजकमा सुवासचन्द्र नेम्वाङ चयन भएका छन् । यस्तै ओली नेतृत्वको नेकपाले काठमाण्डु उपत्यका संयोजकमा कृष्ण गोपाल श्रेष्ठलाई तोकेको छ । पूर्व माओवादी समूहका नेता टोप बहादुर रायमाझीलाई जनसंगठनको संयोजक चुनिएको छ ।

[sidebar name="button post"]