सरोज कार्की
काठमाडाैंको सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब १५० मिटरको दुरीमा सडक माथि रंगी-चंगी फुलेको फुल जस्तै छाताहरु राखिएको छ। यसले मानिसहरुलाई फोटो खिच्न र टिक-टक बनाउन निकै आकर्सित गरेको छ। आन्तरिक पर्यटकहरुलाई आकर्षक गराउन संकटा क्लब र स्थानियबासीहरु मिलेर सो योजना बनाइएको हो।

तर कोरोनाको कारण यस वर्ष जात्रा रोकिएकाके ठुलो भिड लाग्नेसडक सुनसान भए पछि व्यापार र व्यवसाय खस्किंदै जान थालेपछि स्थानीय र व्यवसायीहरु चिन्तित भएका संकटा क्लबको सचिब आशिष मान सिंहले बताउनुभयो। खस्किएको व्यापारलाई उकास्न मानिसहरुलाई न्यूरोडतर्फ ध्यान तान्न सो ब्यबस्था गरिएको पनि उहाँ बताउनु हुन्छ ।
कसरी बन्यो योजना ?
मंसिर महिनाको अन्तिम दिन न्युरोडको तबहाल क्षेत्रका व्यापारीहरुबीचको चिया गफको क्रममा कोरोनाको त्रास कम भएपनि व्यापारले गति लिन नसकेको विषयमा सबैले चिन्ता व्यक्त गरे । व्यापारलाई उत्थान गर्ने भन्ने मतहरु पनि आए । कुराकानीकै क्रममा संकटा क्लबका सचिव सचिव आशीषमान सिंहले युरोप जाँदा ‘अम्ब्रेला स्ट्रिट’ देखेको सुनाए । त्यही प्रयोग गर्न अरु पनि सहमत भएपछि ८० हजार रुपैयाँ संकलन भयो । र, त्यही दिनदेखि सुरु भयो बाटो सिँगार्ने काम ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति रंगीचंगी छाता झुण्ड्याइएका छन् । करिब ३० वटा गमलामा फूलहरु फुलाइएका छन् ।

यो सडकमा दुईपांग्रे र हलुका चारपांग्रे बाहेक अन्य सवारी प्रवेशमा रोक लगाइएको छ भने अव्यवस्थित पार्किङ हटाइएको छ । बिहान नगरपालिका र दिउँसो क्लबका कर्मचारीले नियमित सरसफाइ गर्ने गरेको संकटा क्लबका सचिव सिंह बताउँछन् ।













