Ad #144479

९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारवाही गरेको छ। बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै प्रचण्डलाई केन्द्रीय कमिटी बैठकले कारवाही गरेको हो । बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको छ ।

प्रचण्ड नेपाल समूहमा लागेका भनिएका केन्द्रीय कमिटीका सदस्यको नाम समावेश गरी ओलीले निर्वाचन आयोगमा विवरण बुझाएका छन्, भने प्रचण्ड नेपाल समूहले ओली पक्षका केन्द्रीय सदस्यको नाम काटेर निर्वाचन आयोगमा २८७ जनाको मात्रै नाम पेश गरेको छ।