आजका मुख्य समाचार
नेकपाको नयाँ अध्यक्षमा माधवकुमार नेपाल चयन
७ पुष, काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति वैठकले माधवकुमार नेपाललाई नेकपाको दोस्रो वरियताको अध्यक्ष बनाएको छ । काठमाडौंको बबरमहलमा जारी रहेको वैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने पनि निर्णय गरिएकाे छ ।
प्रचण्डले बबरमहलमा बोलाएको बैठक वैधानिक होइन : ओली समूह
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने बताएका छन् । उनले बालुवाटारमा आयोजित आफ्नो समूहको बैठक समापन गर्दै भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन चाहँदैनौँ, हाम्रो ध्यान यही पार्टीलाई गति दिने हो, एकताबद्ध ढंगले अगाडि बढाउने हो ।’
नेकपासम्वद्ध सांसद्हरु सर्वाेच्च जाने अन्तिम तयारीमा
प्रधानमन्त्री केपी ओलीको सिफारिशमा संसद् विघटन भएको विरोधमा नेकपासम्वद्ध सांसद्हरु पुनर्वहालीको माग राख्दै सर्वाेच्च अदालत जाने अन्तिम तयारीमा जुटेका छन् ।
फेरि घट्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?
निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ३ सयले बढेको छ । मंगलबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मुटु काम्ने जाडोमा बीओपीमा खटिने सुरक्षाकर्मी ज्याकेटका भरमा ड्युटी
सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट ‘बीओपी’मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।
कास्कीमा बालिकामाथि हिंसा बढ्यो : इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
आज काठमाडाैंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा पुग्याे
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो।
ओलीले घोषणा गरे ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी
प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
प्रचण्डले बबरमहलमा बोलाएको बैठक वैधानिक होइन : ओली समूह
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने बताएका छन् । उनले बालुवाटारमा आयोजित आफ्नो समूहको बैठक समापन गर्दै भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन चाहँदैनौँ, हाम्रो ध्यान यही पार्टीलाई गति दिने हो, एकताबद्ध ढंगले अगाडि बढाउने हो ।’
ओली पक्षले भोलि सातवटै प्रदेशमा भेला गर्दै
नेकपाको केपी ओली पक्षले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । यस प्रयोजनका लागि केन्द्रबाट संयोजक समेत तोकिएको छ ।
पौष १० गते शुक्रबार हलमा ‘आमा र सेन्टी भाइरस’
शुक्रबारबाट गत चैतदेखि बन्द भएका हल संचालन हुने भएका छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरेको हो ।
बनेपास्थित नेकपा पार्टी कार्यालयमा तालाबन्दी
काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अपदस्थ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला लगाएका छन् । उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।
बालकुमारीमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
जनता समाजवादी पार्टी ‘जसपा’को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाले संसद विघटनको विरुद्ध बुधबार देशैभर प्रदर्शन गर्ने भएको छ ।
विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक
विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो ।
बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण
कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।












