Ad #144479

७ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन आयोजक समिति बनाएका हुन् ।

नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। आजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने ओलीको योजना छ।