७ पुष, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने बताएका छन् । उनले बालुवाटारमा आयोजित आफ्नो समूहको बैठक समापन गर्दै भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन चाहँदैनौँ, हाम्रो ध्यान यही पार्टीलाई गति दिने हो, एकताबद्ध ढंगले अगाडि बढाउने हो ।’
ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बसेको थियो । बैठकले ११ सय ९९ सदस्य रहेको केन्द्रीय कमिटी घोषणा गरेको छ ।
ओली समुहले एक फरक प्रसङमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएका छन् ।
नेकपा अोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएको बताए । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भनेका छन् ।












