Ad #144479

७ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गैह्रसंवैधानिक कदमपछि विकसित घट्नाक्रमलाई विश्लेषण गर्दै गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ र प्रहरी प्रमुखलाई अर्को आदेश नभएसम्म जिल्ला नछोड्न निर्देशन जारी गरेको छ ।

आज गृह मन्त्रालयद्धारा आन्तरिक रुपमा जारी सर्कुलरमा विकसित पछिल्लो घट्नाक्रमबाट उत्पन्न आन्दोलन र हुनसक्ने सुरक्षा खतराका कारण बिदामा बस्न मनाही गरिएको हो ।

त्यस्तै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई उच्च सुरक्षा सर्तकता अपनाउँदै मातहतलाई स्टाण्डबाई राख्न आदेश जारी गरिएको छ ।